एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल बङ्गलादेश प्रस्थान

काठमाडाैं | पुस २१, २०७९

एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल बङ्गलादेश प्रस्थान

काठमाडौं:   नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आज (बिहीबार) बङ्गलादेश प्रस्थान गर्नुभएको छ ।


बङ्गलादेश क्रान्तिकारी श्रमिक पार्टीको १० औं महाधिवेशनमा नेकपा (एमाले)का तर्फबाट अतिथिका रुपमा सहभागी हुन वरिष्ठ उपाध्यक्ष पोखरेल आज दिउँसो १ बजे ढाका प्रस्थान गर्नुभएको हो ।


उहाँले भोलि (शुक्रबार) महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम छ । पोखरेलसँगै नेकपा (एमाले) विदेश विभाग सदस्य डा. दीपेन्द्र श्रेष्ठ पनि महाधिवेशनमा सहभागी हुनुहुन्छ । एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल दुई दिनपछि नेपाल फर्कनुहुनेछ ।

पोखरा ।  ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...

थप पढ्नुहोस्

कर्णाली:   नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्‍याइएका उनको  मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...

थप पढ्नुहोस्

महेन्द्रनगर:  कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई  पक्राउ गरेको छ ।      बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

थप पढ्नुहोस्